नियम ११४
मेलमिलाप समिति
(१) अदालतमा मेलमिलापद्घारा विवाद समाधान गर्ने कार्यलाई  सुव्यवस्थितरूपले सञ्चालन गर्न अदालतमा एक मेलमिलाप समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ :–
(क) प्रधान न्यायाधीशले तोकेको अदालतको न्यायाधीश           –अध्यक्ष
(ख) प्रधान न्यायाधीशले आवश्यकता अनुसार तोकेको
अदालतका अन्य न्यायाधीश                                             –सदस्य
(ग)  मुख्य रजिस्ट्रार                                                                –सदस्य
(घ)   रजिस्ट्रार                                                                         –सदस्य
(ङ)   अध्यक्ष, सर्वोच्च अदालत बार एशोसिएशन                        –सदस्य
(च)   मुख्य रजिस्ट्रारले तोकेको अदालतको सहरजिस्ट्रार         –सदस्य–सचिव
(३) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) मेलमिलापद्वारा विवाद समाधान गर्ने कार्यलाई प्रोत्साहन गर्न आवश्यक नीति निर्धारण   गर्ने,
(ख)  मेलमिलापकर्ताको सूची अद्यावधिक बनाई राख्‍ने,
(ग) अदालत र मातहतका अदालतबाट भएको मेलमिलाप सम्बन्धी कार्यको अनुगमन गर्ने,
(घ)    मेलमिलाप सम्बन्धी स्रोत सामग्री प्रकाशन गर्ने,
(ङ)   मेलमिलाप सम्बन्धी अन्य आवश्यक कार्य गर्ने ।